काठमाडौं- बार्सिलोनाका अर्जेन्टेनी स्टार लियोनल मेसीले पाँचौ पटक फिफा बेलन डिअोरको उपाधि जितेका छन्। गएराति स्विट्जरल्याण्डको जुरिचमा घोषणा गरिएको फिफा बालोन डि’ओरको उपाधि मेसीले जितेका हुन्। उपाधिका लागि मेसीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाकै नेयमारलाई पछि पारे।
फिफा बेलन डि’ओरको उपाधि जितेका मेसीले ४१.३३ प्रतिशत मत पाए। यस्तै गत वर्षका विजेता रोनाल्डोले २७.७६ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा रहेका नेमारले ७.८६ प्रतिशत मत पाए।
सन् २०१५ को विश्वकै सर्बोत्कृष्ट खेलाडी घोषणा भएका मेसीले गोल्डेन बल प्राप्त गरेका छन् । अवार्ड जितेपछि मेसीले आफूले बाल्यकालमा सपना देखेभन्दा धेरै भएको प्रतिक्रिया दिएका छन्।







