काठमाडौं- एमाओवादीमा सबैभन्दा बढी पुर्ख्यौली सम्पत्ति भएका नेता लेखराज भट्टले दोश्रो विवाह गरेका हुन् ।
५७ वर्षीय भट्टले पार्टी निकट अखिल क्रान्तिकारी ताप्लेजुङकी नेतृ विष्णु आचार्यसँग केही महिनाअघि नै बिहे गरेका छन् । भट्ट पत्नीका रुपमा भित्रिएकी युवतीको भने पहिलो विवाह हो । उनको उमेर बढीमा २५ देखि २६ वर्ष छ ।
सम्पत्ति टन्नै भए पनि नि सन्तान भएकाले आफूपछि सम्पत्ति कसले स्याहार्ने भन्ने चिन्तामा भट्ट दम्पत्ति थियो । एमाओवादी उच्च स्रोतका अनुसार सन्तान सुखका लागि भन्दा पनि सम्पत्ति स्याहार्न बच्चा जन्माउने उपायका लागि भट्ट र उनकी पत्नी निर्मलाले खुबै प्रयास गरेका थिए ।
स्रोतका अनुसार भारतका विभिन्न अस्पतालमा बच्चा नहुनुको कारण पत्ता लगाउन दुवैले स्वास्थ्य परीक्षण गराए पनि सफल भएन ।
भट्टको दोश्रो विवाहबारे हेर्डक्वार्टरसहित एमाओवादीको शीर्ष नेतृत्वतह जानकार छ । भट्ट आफैंले पनि त्यसबारे जानकारी गराइसकेका छन् ।
श्रीमतीसमेतको सहमतिमा दोश्रो विवाह गरेका कारण भट्टमाथि कुनै उजुरी नपरेको र कारबाही पनि नभएको एमाओवादीका एक स्थायी समिति सदस्यले जानकारी दिए ।
एमाओवादीमा यसअघि हेमन्तप्रकाश वली दोस्रो विवाहकै कारण कारबाहीमा परेका छन् ।






