मोर्चा गएन महाधिवेशन उदघाटनमा

1457004539667_RS-KTM-NC adhibeshation-3काठमाडौं- प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई भोट हाल्न आन्दोलन स्थल छोडेर व्यवस्थापिका संसदमा उपस्थित भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेसको १३ औं महाधिवेशन वहिष्कार गरेको छ ।

महाधिवेशन उदघाटन समारोहमा मधेसी मोर्चाका कोही नेता देखिएनन् । महाधिवेशन अघि पनि मोर्चा नेताहरुले हाम्राकुरासँग कांग्रेस मधेसको मुद्दामा गम्भीर नभएको बताएका थिए । मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा दिवंगत कांग्रेस सभापति सुशील कोइरालालाई मतदान गरेको थियो ।

सरकारमा सहभागी फोरम लोकतान्त्रिक बाहेक संविधानको विपक्षमा उभिएका कुनै पनि मधेस केन्द्रित दल कांग्रेस महाधिवेशनको उदघाटन समारोहमा उपस्थित भएनन् ।