दोलखामा ४.१ रिक्टर स्केलको पराकम्पन

earthquakeकाठमाडौँ- गोरखा भूकम्प गएको १० महिना लाग्दासमेत पराकम्पन आउने क्रम रोकिएको छैन ।

दोलखालाई केन्द्रबिन्दु बनाएर आज साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केल माथिका ४२५ वटा परकम्प गइसकेका छन् ।