शिब भण्डारी / प्रकास कंडेल
लन्डन। बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संस्था ‘मर्जिङ नेपसक्स’ Merging NepSocs को आयोजनामा मिडल्याण्डको बर्मिनघममा स्पिङग् बल शो भएको छ। 
स्पिङग् बल शो मा बेलायतका विभिन्न ८५ विश्वविद्यालयका ५ सय भन्दा बढी विद्यार्थीको सहभागिता स्पिङग् बल-कार्यक्रम सम्पन्न भएको हो ।संस्थाका संस्थापक अध्यक्ष पवन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदुत महामहिम राजदुत ज्ञान चन्द्र आचार्य बिषेस अतिथि उपनियोग प्रमुख रोशन खनाल,हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड पूर्व अध्यक्ष शिव खराल,एबम कलाकारहरु रमेश राज भट्टराई, सम्झना भण्डारी र करिश्मा ढकाल समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रमुख अतिथि राजदुत आचार्यले उच्च शिक्षा हासिल गर्न नेपालबाट विभिन्न अवसर खोज्दै बेलायत आएका नेपाली विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए। ८५ युनिभर्सिटीका नेपाली बिधार्थीहरूको सूची सङ्कलन गरेर सम्पर्क गरी गुणस्तरीय शिक्षा,छात्रवृत्ति र कामको अवसर शिक्षासँगै सिप, दक्षता र सक्षम भविष्यको उद्देश्य लगायतका बिषयमा एक आपसमा सेयर गर्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष पवन कँडेलले लन्डन नेपाल न्युज लाई बताए।
कार्यक्रमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले विभिन्न नेपाली गीत प्रस्तुत गर्नुका साथै नृत्य प्रस्तुत गरेका थिए ।बेलायतमा ‘मर्जिङ नेपसक्स’ले नेपली विद्यार्थीहरुका समस्या समाधानको लागि लगायतका सबालमा विभिन्न सामाजिक गतिविधि लगायतका कार्यक्रम गर्दै आएको छ ।






