राष्ट्र हितलाई ध्यानमा राखेर काम गर्न अवैतानिक दूतहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूलाई आग्रह गरेका छन् ।

विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग बुधबार बिहान शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा समेत प्रभावकारी काम गर्दै आएको बताए ।

त्यसक्रममा दूतहरुले राष्ट्रपति पदमा निर्वाचित भएकोमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिए ।