काठमाडौं— बाँकेको नेपालगन्ज महानगरपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाका उम्मेदवार डा. धवल शमशेर राणा मेयरमा चुनिएका हुन् । विजयी राणाले १२ हजार ५१५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रसेका सुरेशकुमार कनौडियाले ८ हजार ७३० मत ल्याए ।
उपमेयरमा भने कांग्रेसकी उमा थापमगर विजयी भइन् । उनले १०७३१ मत ल्याएर उपमेयर चुनिएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याइन् ।
मेयरमा विजयी राणा राप्रापका महामन्त्री समेत हुन् ।






