आधारभुत पत्रकारीता तथा उद्घोषण तालिम सम्पन्न

12910799_1568348620160970_613336319_n[1]राम भण्डारी

वुटवल,१७ चैत्र

अन एयर मिडिया सेन्टरले आयोजना गरेको १० दिने आधारभुत पत्रकारीता तथा उदघोषण तालिम सम्पन्न भएको छ । विद्यार्थिको अन्र्तरनिहित क्षमताको विकाश र समाचार लेखनमा दक्ष वनाउने उदेश्यले तिलोत्तमा मणिग्राम स्थित युनिभर्सल कम्युटर सेन्टरमा संचाल भएको तालिममा २१ जना विद्यार्थि सहभागि भएका थिए । नागरीक आवाज डटकमका प्रधान सम्पादक कपिल ज्ञवालिले पत्रकारीता पेशा अफ्ठयारो पेसा भएकाले सत्य तथ्य समाचार लेख्न सके जनताको मन जित्न सकिने वताएका थिए । यस्तै अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेतले संर्घर्ष गर्ने व्यत्ति कहिले पछि नर्पने भएकाले तालिममा सिकेका कुरा व्यवहारमा उर्तान सके तालिमको सार्थकता रहने वताएका थिए । अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेतको अध्यक्षता, विज्ञान अर्यालको स्वागत मन्तव्य , कपिल ज्ञवालिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको संचालन पविना पन्थले गरेकी थिईन । चैत्र ७ गतेदेखि संचालन भएको कार्यक्रममा अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेत, नागरीक आवाज डटकमका प्रधान सम्पादक कपिल ज्ञवालि, खख्यौलि एफएमका राम भण्डारी, अन एयर मिडिया सेन्टरका प्रशिक्षक दिनेश पाण्डे,विकाश रासकोटि लगायतले तालिम दिएका थिए ।