नेतृ कोइराला चीन प्रस्थान

sujata-koirala-congressकाठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला आज चीन प्रस्थान गरेकी छन् ।
चीनको जिनानमा हुने ‘पर्यावरणीय सुरक्षा र मानव स्वास्थ्यसम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन’मा भाग लिनका लागि चीन प्रस्थान गरेकी हुन् । सम्मेलन यही चैत १७ र १८ गते हुनेछ ।
सम्मेलनमा विश्व वातावरण र प्रदुषणका सम्बन्धमा छलफल केन्द्रित हुनेछ । दुईदिने सम्मेलनमा जलवायु विषयका अन्तराष्ट्रिय विशेषज्ञहरू सहभागी हुनेछन् । नेतृ कोइराला विश्व जलवायु अनुकूलन र पर्यावरणीय सञ्जालसम्बन्धी महिला समितिको अध्यक्ष समेत रहेकी छन् ।