सिडनी । नेपाली चलचित्र जगतका चर्चित नायक सौगात मल्ल अष्ट्रेलिया आउँदैछन । अष्ट्रेलिया भ्रमण उनको यो पहिलो हुनेछ ।
उनको अभिनय रहेको ‘शब्द’ चलचित्रको रेड कार्पेट शो मा उनी हर्सभिल र बरउडका इभेन्ट्स चलचित्रघरमा उपस्थित हुनेछन् ।
सन् २०१७ जनवरी १३ र १४ तारिखमा सौगात सिड्नीका नेपाली फ्यानहरुसँग हुनेछन् ।
पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘शब्द’ नेपाल र अष्ट्रेलियामा एक साथ रिलिज हुँदैछ ।
सिड्नीमा ‘शब्द’ चलचित्र प्रर्दशनको ब्यबस्थापन गरिरहेका आयोजक मध्ये एक खगेन्द्र सत्यालले भने- चलचित्र शब्दको बिषयवस्तु सिक्लेसबाट सुरु हुने प्रेम, मिलन र बिछोडमा आधारित रहेको बताए । दर्शकलाई सिनेमाको कथावस्तु आफ्नै जीवनको कथाजस्तै लाग्नेछ ।
सिनेमामा सौगातसँगै कमली वाइवा र अनुभव रेग्मीको अभिनय छ । यो सिनेमालाई सिड्नीमा असनेप इभेन्ट्सले ब्यबस्थापन गरेको छ भने एस स्टडिज प्रमुख प्रायोजक रहेको छ ।
हेर्नुहोस् ‘शब्द’ चलचित्रको ट्रेलर






