नाका अवरोध गर्न खोज्दा राजेन्द्र महतोमाथि प्रहरीको लाठी प्रहार

mahato

विराटनगर- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना हुनुभएको छ ।

विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित बसिरहेको अवस्थामा प्रहरीले धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो ।

झडपका क्रममा उहाँको टाउकोमा चोट लागेको छ । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार उहाँको अवस्था सामान्य रहेको छ ।

उक्त घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा पाँचजना प्रर्दशनकारीलाई पक्राउसमेत गरिएको छ ।