विधान संशोधनमै पौडेलको जोड

ramchandra212काठमाडौँ- शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय गरेकोे छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा आज भएको नेताहरुको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने बारेमा छलफल भएको बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो ।

यसअघि निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनिएको थियो ।