चितवन- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताउनुभएको छ ।
पूर्वी चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभई सार्वभौमसत्ता सम्पन्न राष्ट्रबीचको हो ।”
चीन पनि छिमेकी मूलुक भएकाले भारत र चीन दुवैलाई हेर्ने दृष्ट्रिकोण सरकारको बराबर रहेको उहाँको भनाइ थियो ।
नेकपा(एमाले) चितवनको आयोजना गरेको भेलामा उहाँले एमाले राष्ट्रिय राजनीतिको चालक भएको भन्दै आफ्ना कार्यकर्तालाई शिर निहुर्याउने गरी कुनै पनि काम नगर्ने बताउनुभयो ।






