तुलसीपुर(दाङ)- गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
घोराहीमा शनिबार इन्द्रेणी न्यूज पोर्टलको सुभारम्भ गर्दै उहाँले वर्तमान सरकारमा कांग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहजता आउने बताउनुभयो ।
उहाँले कांग्रेसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र संविधान कार्यान्वयनमा पनि उसले सहयोग गर्नुपर्ने बताउनुभयो ।






