पर्यटन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । बुधबार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि उनी सिधैं मन्त्रालय सम्हाल्न सिंहदरबार पुगेका थिए ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। त्यसपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका थिए। पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *