८३ सई इन्सपेक्टरमा बढुवा सिफारिस (नामावली सहित)

काठमाडौं, १० फागुन । नेपाल प्रहरीले ८३ जना प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा गर्न  सिफारिस गरेको छ ।

Nepal-Policeप्रहरीको बढुवा सिफारिस समितिको आइतबारको बैठकले ८३ जना सई इन्सपेक्टरमा बढुवा हुन योग्य भएको ठहर गर्दै प्रधान कार्यालय नक्शालमा सिफारिस गरेको हो ।

बढुवा सूचीको पहिलो नम्बरमा दामोदर भट्ट छन् । यसैगरी योगराज न्यौपाने, शान्ताराम कार्की, बुद्धिमणि नेपाल, हिराबहादुर केसी, महेश्वर उपाध्याय, खेमराज खडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, केशव रेग्मी लगायत बढुवामा सिफारिस परेका छन् ।

बढुवा सिफारिसमा परेका सबै ८३ जनाको नामावली हेर्न यहाँ क्लीक गर्नुहोस्