कोरोना नियन्त्रणसम्बन्धि बाइडेनका दश योजना

US President Joe Biden signs executive orders as part of the Covid-19 response as US Vice President Kamala Harris (L) and Director of NIAID Anthony Fauci look on in the State Dining Room of the White House in Washington, DC, on January 21, 2021. (Photo by MANDEL NGAN / AFP) (Photo by MANDEL NGAN/AFP via Getty Images)

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना नियन्त्रणसम्बन्धि आफ्नो योजनाको ड्राफ्टमा हस्ताक्षर गरेका छन् ।

बाइडेन प्रशासनले कोरोना नियन्त्रणका लागि खोपको उत्पादन तथा परीक्षणलाई तीव्रता दिने योजना बनाएको छ ।

कोरोना नियन्त्रणका लागि विभिन्न दश योजना बनाएका बाइडेनले नियन्त्रणका लागि लामो समय लागे पनि जनताले एक भएर नियन्त्रणको लडाइ लड्नु पर्ने बताए ।

कोरोना नियन्त्रणमा ट्रम्प प्रशासनको चर्को आलोचना गरेका बाइडनले आफ्ना योजनाले कोरोना नियन्त्रणमा सहयोग गर्ने विश्वास ब्यक्त गरे ।

अमेरिका कोरोनाको सबैभन्दा प्रभावित देश हो । त्यहाँ ४ लाखभन्दा धेरै मानिसको संक्रमणका कारण मृत्यु हुँदा २ करोड भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

कोरोना नियन्त्रणका लागि आफूले लिएका योजनाबाट अमेरिका लाभान्वित हुने र संक्रमित तथा मृत्यु हुनेको सङ्ख्यामा आधा कमी आउने बाइडेनको विश्वास छ ।