काँडाघारीमा प्रहरीद्वारा किशोरी बलात्कृत

राजधानीमा सुस्त मनस्थितिकी एक किशोरी प्रहरीद्धारा बलात्कृत भएकी छिन् । कान्तिपुर दैनिकमा समाचार छ ।

काँडाघारी बस्ने १४ वर्षीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलात्कार गरेका हुन् । प्रहरी स्रोतका अनुसार त्रिभुवन विमानस्थलको पूर्वीगेटमा आइतबार साँझ ६ बजेसम्म ड्युटी गरेका महरले राति साढे ७ बजे किशोरीलाई बलात्कार गरेका हुन् ।

मादक पदार्थ  सेवन गरेका उनले सडकमा रहेकी किशोरीलाई सार्वजनिक शौचालयमा लगेर बलात्कार गरेका थिए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले  यस्तो घटनाले संगठनका कर्मचारीको गतिविधि लज्जास्पद र अक्षम्य भनेका छन् ।