जावलाखेलमा मिनीबसले मोटरसाइकललाई ठक्कर दियो, २० घाइते

तस्विरः ट्राफिक प्रहरी ललितपुर


ललितपुरको जावलाखेल चोकमा मिनीबसले एउटा मोटरसाइकललाई ठक्कर दिंदा बसमा सवार २० जना यात्रु घाइते भएका छन्।

बिहान साढे सात बजे रत्नपार्क-भैसेपाटी रूटमा चल्ने बा २ ख ३५० नम्बरको मिनीबसले बा ४२ प ७१८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउन खोज्दा मिनीबस पल्टिएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुको पाटन र अल्का अस्पतालमा उपचार भइरहेको छ।