कीर्तिमानी आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु

अमेरिका— कीर्तिमानी आरोही तथा अल्ट्रा सञ्जय पण्डितको अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ। प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु वासिङ्टन डिसीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको मृत्यु भएको हो। नेपालस्थित उनको परिवारलाई दूतावासले घटनाको जानकारी दिएको छ।

अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका गर्न गएका उनको शुक्रबार मृत्यु भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहण गर्दै थिए।

उनले सर्वोच्च शिखर सगरमाथासहित मनास्लु, अष्ट्रिेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को, किलिमन्जारो, युरोपको एलव्रस लगायत हिमालको सफल आरोहण गरेका थिए। उनले अष्ट्रेलियाको माउन्ट कोजिएस्को उल्टो हिँडेर चुचुरो चुमेको कीर्तिमान बनाएका थिए।