लन्डन । भारतको नयाँ दिल्ली हुँदै क्यानन्डा, जापान र युरोपका विभिन्न मुलुकहरुमा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोह प्रक्राउ परेका छन् । गिरोहलाई प्रहरीले प्रक्राउ गरेको हो । विशेष सुराकीका आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलस्थित एक होटलमा पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा गुल्मीको मुसीकोट–१ घर भइ काठमाडौंको गल्कोपाखा बस्दै आएका ३४ वर्षीय नारायण घिमिरे, रुपन्देहीको कालिकानगर–१३ घर भइ गल्कोपाखामै बस्दै आएका ३६ वर्षीय झपेन्द्र थापा मगर, अर्घखाँचीको छत्रदेव गाउँपालिका घर भइ हाल गौरीघाट बस्दै आएका २८ वर्षीय अर्जुन अर्याल, भारतको उत्तर प्रदेशका ३० वर्षीय सन्दिप सिंह र दार्जिलिङको सिलगुढीका ३७ वर्षीय रोनाल्ड गहतराज छन् ।






