लन्डनमा कविता कन्सर्टको तयारी तीब्र [हेर्नुहोस् ‘लाइभ’भिडियो]

लन्डन– लन्डनमा मार्च १० तारिखमा हुने युवा कवि नवराज पराजुलीको कविता कन्सर्टको तयारी तीब्र पारिएको छ । संगीतसँग मिसाएर कविता वाचन गर्दै आएका पराजुली स्वदेश र प्रवासमा रुचाइएका हुन् ।

आगामी मार्च १० तारिख शनिबार साँझ लन्डनको ग्रिनफोर्ड टाउन हलमा कविता कन्सर्ट आयोजना गरिएको हो । कार्यक्रमको आयोजक नेप्लिज ब्रिटिश कम्युनिटी एनबिसी यूकेले बुधबार लण्डनमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा एनबिसी यूकेका सल्लाहकार रामशरण सिंखडाले बेलायतमा पहिलोपटक आयोजना हुने कविता कन्सर्ट सफल हुने विश्वास व्यक्त गरे । द्वन्द्वकालमा बाबुआमा गुमाएका बेसहारा बालबालिकाको संरक्षण गरिरहेको चेतना सन्देश नेपाललाई सहयोग गर्न च्यारिटीसहित कविता कन्सर्ट आयोजना गरिएको हो ।

कार्यक्रमबाट संकलित रकम सर्लाहीको हरिवन घुर्क्यौलीस्थित चेतना सन्देश नेपाललाई सहयोग गरिने भएको छ । कार्यक्रममा झण्डै ५ सय श्रोता उतार्ने लक्ष्य आयोजकको छ । कार्यक्रमको अनुमानित लागत ८ हजार पाउण्डसम्म छ । कार्यक्रमबाट १८ हजार पाउण्ड संकलन गर्ने र १० हजार पाउण्ड बचत गरी संस्थालाई प्रदान गर्ने लक्ष्य राखिएको छ ।

एनबिसी यूकेका अध्यक्ष मिलन घिमिरेले नेपाली भाषा साहित्यको सम्वर्द्धन गर्न र नेपाली साहित्यलाई विश्वमाझ पुर्‍याउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा १ हजार पाउण्ड सहयोग गर्नेलाई गोल्ड पार्टनर, ५ सय पाउण्ड सहयोग गर्नेलाई सिल्भर पार्टनर र ३ सय पाउण्ड सहयोग गर्नेलाई ब्रोन्ज पार्टनरकारुपमा कार्यक्रममै मायाको चिनो प्रदान गर्ने आयोजकको तयारी छ । पार्टनरलाई २ देखि ४ वटासम्म पास उपलब्ध गराउने तयारी छ ।

कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कविताहरु वाचन गर्नेछन् । उनीसँग सांगीतिक टोली रहनेछ । पराजुलीको प्रस्तुतिबाहेक त्यसअवसरमा बेलायतका केहि स्रष्टाहरुलाई पनि कविता वाचन गर्न समय उपलब्ध गराइनेछ । पत्रकार सम्मेलनमा एनबिसी यूकेका संस्थापक अध्यक्ष कमल पौडेल, पूर्व अध्यक्षद्वय गंगा राना र कमलराज खनाल, सल्लाहकार कृष्ण तिमल्सेना, सचिव चुरामणि रेग्मी, कोषाध्यक्ष ऋसी खनाल, सदस्यहरु वसन्त नेपाल, समिरनाथ प्याकुरेल, राजेन्द्र ओझा, खेमराज जोशी लगायतको उपस्थिति थियो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, कान्तिपुरका नविन पोखरेल, वीनेपालीका सम्पादक श्याम लुइँटेल र नेपालीपत्रका सम्पादक ध्रुवराज अर्याल, सेतोपाटी न्युजका बेलायत सम्वाददाता फडिन्द्र भट्टराई लन्डन नेपाल न्युज डटकमका सम्पादक शिव भण्डारी, पत्रकार जगन कार्की लगायतका पत्रकारको उपस्थिति रहेको थियो ।

लन्डन नेपाल न्युज डटकमले गरको कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आएका दर्सकका जिज्ञाशाको पनि आयोजकले लाइभमै जानकारी दिए।

हेर्नुहोस् ‘लाइभ’भिडियो:

https://www.facebook.com/londonnepalnews/videos/1520989991352857/