चितवन- सर्वोच्च अदालतको आदेशअनुसार चितवनको भरतपुर महानगरपालिकाको वडानम्बर १९ को मतगणनाको क्रममा च्यातिएको मतपत्र मंगलबार बिहान काठमाडौं लगिएको छ । मतपत्र च्यातिएपछि उत्पन्न विवादबारे सर्वोच्च अदालतले मागेको मतपत्र र सम्बन्धित कागजपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कडा सुरक्षाबीच बिहान बुद्ध एयरको नाईनएन एआईटी विमानबाट काठमाडौं लगेको हो ।
बिहान राजनीतिक दललाई बोलाएर च्यातिएको मतपत्रको बाकस खोलेर पुनस् अर्को बाकसमा राखी उनीहरुको रोहवरमा पाँच थान सिल लगाई राजधानी लगिएको हो । च्यातिएको मतपत्र लिएर मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे र प्रहरी नायव निरीक्षक ९सइ० गोविन्द श्रेष्ठसहितको टोली बुद्ध एयरको ३६० नम्बरको विमानबाट बिहान ८।१७ बजे राजधानी गएको हो । मतपत्र लैजाने क्रममा बिहान त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले भरतपुर विमानस्थलसम्म मतपत्रको स्कटिङ गरी लगेको थियो । विमानस्थलसम्म दलका प्रतिनिधिहरु पुगेका थिए ।
लत ज्भचभ‘






