
महामारी फैलन नदिन तथा सरुवा रोग नियन्त्रण गर्न चिनियाँ विशेषज्ञ सक्रिय भएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयोजन गरेको चिनियाँ विशेषज्ञ टोली उपत्यकामा कार्यरत भए पनि आवश्यक परे उपत्यकाबाहिर पनि जानसक्ने बताइएको गोरखापत्रमा खबर छ ।
चिनियाँ चिकित्सक तथा स्वास्थ्यकर्मीसँग नेपाली चिकित्सकको टोली पनि सक्रिय रहेको छ । नेपाली टोलीको नेतृत्व नेपाल स्वास्थ्य अनुस्न्धान परिषद्का सदस्यसचिव डा. खेम कार्की र चिनियाँ टोलीको नेतृत्व महामारी रोकथाम तथा नियन्त्रण केन्द्रका डा लु लिन र स्वास्थ्य मन्त्रालयको इमजेन्सी रेस्पोस्नका निर्देशक डा स्यु सुजियाङले गरेका छन् ।
प्रभावित क्षेत्रमा कुनै रोग देखिए त्यसको नमूना संकलन गरी तत्काल रोकथाम गर्ने अभियान टोलीले चलाएको छ । ‘कुनै ठाउँमा रोगको शंका देखियो भने नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ’ परीक्षणका लागि चिनियाँ टोलीले आफ्नो प्रयोगशाला स्वास्थ्य विभाग टेकुमा राखिएको छ ।






