निर्णायक हुने भनिएको वार्ता पनि ‘व्यर्थ’

;/sf/ / df]rf{aLr jftf{   t/fO{ dw]z nf]stflGqs kf6L{sf] s]Gb|Lo sfof{nodf cfGbf]n/t ;+o'Qm nf]stflGqs dw]zL df]rf{ / ;/sf/L jftf{ 6f]nLaLr jftf{ x'Fb} . tl:a/M /f]zg ;fksf]6f,/f;;
फाइल तस्बिर

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बुधबारको वार्ता पनि व्यर्थ भयो ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा भएको वार्ता ठोस एजेन्डामा प्रवेश नगरि सकिएको छ । वार्तामा मोर्चासहितका नेताहरु सम्मिलित संसदीय समिति वा राजनीतिक समिति बनाएर विवादित जिल्लाको सीमाङ्कनको विषय टुङ्ग्याउने प्रस्ताव सत्तारुढ दलले राखेपनि मोर्चाले त्यसलाई अस्वीकार गरेको थियो ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजको बैठकमा आफूहरुले प्रस्तुत गरेको सीमाङ्कनको विषयबारे छलफल भए पनि टुङ्गोमा पुग्न नसकिएको जानकारी दिनुभयो ।

बैठकमा कांग्रेस भने सहभागी भएन ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले सरकारी पक्षले आज पनि सीमाङ्कनसम्बन्धी ठोस प्रस्ताव नल्याएकाले वार्ता सफल हुन नसकेको आरोप लगाए ।