काठमाडौं- नेपाली फिल्मकर्मीहरुले भारतीय राजदूत रणजीय रायलाई नाकाबन्दी खुलाउन सामूहिक आग्रह गर्ने भएका छन् ।
जागरण अभियान सुरु गरेका उनीहरुले राजदूतलाई भेटेर नाकाबन्दी खुलाउन आग्रह गर्ने फिल्म निर्देशक केपी पाठकले जानकारी दिए । अभियानमा हरिहर शर्मा, पाठकलगायतका फिल्मकर्मी छन् ।
अभियानले सरकार, प्रमुख दल र आन्दोलनरत मधेसी मोर्चामा आबद्ध दललाई पनि ज्ञापन पत्र बुझाउने पाठकले जानकारी दिए ।






