मन परेकी केटी शिक्षीका बनेर आएपछि…

एउटा युवकले असाध्यै मनपराएकी युवती अचानक कक्षा कोठामा शिक्षिकाको रुपमा देखापर्दा त्यो युवकको भावभंगिमा कस्तो होला ? यहा देव चौलागाईलाई यस्तै भएको छ, मन पराएकी  युवती बर्षा टिचरको रुपमा प्रवेश गर्दा देव छक्क पर्छन् तर माया त गरि नै सकेपछि किन फेरी फर्किने ?

kt

देव त्यो माया पाउन कसरत गर्छन् । यो कथावस्तुमा गायक विश्वराज चौलागाईले गाएको गीत जानी नजानी जे गरे मैले गीतको म्युजिक भिडियो उतारिएको छ । यसैसाता सार्वजनिक भएको यो म्युजिक भिडियोमा देवको साँचो मायाले न्याय पाउला या नपाउला भिडियो हेर्ने दर्शकले थाहा पाउनु हुनेछ ।

यो गीतको संगीत चर्चित गायक बाबु बोगटीको हो भनें शब्द महेश प्रर्साईले लेखेका हुन् । संचारकर्मी विदुर खतिवडाको निर्देशन रहेको यो म्युजिक भिडियोको छायाकंन सुदिप बरालले गरेका हुन् । टेकेन्द्र शाहले म्युजिक भिडियो एडिटिङ गरेका हुन् । म्युजिक भिडियोको लोकप्रियताले गायक चौलागाई मख्ख छन् ।