नेदरल्याण्डमा सहयोग माग्दै हमाल

rajesh hamal1

नेदरल्याण्डमा रहेका अभिनेता राजेश हमालले त्यहीबाट नेपालको भुकम्प पीडितका लागि राहत संकलन थालेका छन् । नेदरल्याण्डको आम्र्सटरडममा रहेका हमालले शनिबार बिहानदेखि उक्त अभियान थालेका हुन् ।

नेदरल्याण्डमा पत्रपत्रिका तथा टिभि इन्टरभ्यु मार्फत हमालले नेपालको भुकम्प पीडितका लागि सहयोगका लागि आहवान गरेको हमालले फेसबुकमा उल्लेख गरेका छन् । हमालले शनिबार बिहानसम्म चार लाख अमेरिकी डलर अर्थात् करिब ४० लाख नेपाली रुपैंया संकलन भएको जनाएका छन् ।उनले साँझ सम्ममा सहयोग रकम नौ लाख अमेरिकी डलर अर्थात् ९० लाख हुने अनुमान गरेका छन् ।

 यसरी जम्मा भएको रकमको ९० प्रतिशत नेपालमा कार्यरत विभिन्न फाउन्डेसन मार्फत वितरण गरिने उल्लेख गरेका छन् । पत्नी मधुका साथ अमेरिका उडेका हमाल अमेरिकाबाट नेदरल्याण्ड पुगेका थिए । ह्माल आउँदो बिहिबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।