
महाभूकम्पको एक सातापछि पनि दक्षिण ललितपुरवासीमा त्रास र पीडामा कमी आएको छैन । निरन्तरका झड्का र बेलाबेलाका वर्षाले यहाँका स्थानीय अझै खुलेर समेत बोल्न सक्ने अवस्थामा छैनन् । राजधानी दैनिकमा समाचार छ ।
गोटीखेलमा अग्ला पहाडका बस्तीहरू भग्नावशेषमा परिणत भएका छन् भने क्षतिग्रस्त घरका सामानहरू अझै बेवारिसे छन् ।
कृषि, पशुपालन मुख्य पेसा भएको यस क्षेत्रमा गाई, भैंसी, बाख्रालगायत पशुको पनि निकै ठूलो हताहत भएको छ । गोटीखेल बजार तथा अन्य बेंसीका बस्तीहरू पूर्ण रूपमा नलडेका भए तापनि चर्किएको तथा एक साइड मात्र लडेको अवस्थामा छन् सबैजसो घरहरू ।
कालेश्वर, चन्दनपुर, ठूला दुर्लुङ, मानीखेल, बुखेल, इकुडोल, दलचोकी, भट्टेडाँडा, माल्टा, प्युटार, आस्राङ, गिम्दी गाविसको पीडा पनि उस्तै छ । ‘महाभूकम्पले घरमा बस्ने मात्र होइन, घाँस काट्न गएकी एक महिलाको पहिरोमा परी मृत्यु भयो ।
घरगोठ त सबैका गए नै साथै पशुचौपाया पनि धेरै गुमाउनुपरेको छ,’ चन्दनपुर नमनबाट राहतका गोटीखेल आइपुगेका एक व्यक्ति भन्दै थिए । मानीखेल गाविसका जनताले अहिलेसम्म राहत नपाएको गुनासो गरे । ‘एक पोका चाउचाउ, दुई किलो चामल दिएर फोटो खिचेर डलर पचाउने देखिन थाले, वास्तवमा हामीलाई आवासको मुख्य समस्या छ ।






