एनआरएन हङकङले गर्यो मन्त्री थापासँग अन्तरक्रिया

हङकङ । गैर आवासीय नेपाली संघ हङकङले महिला, बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापालाई भब्य स्वागत तथा सम्मान गरेको छ । एनआरएनले आयोजना गरेको भेटभाट तथा अन्तरक्रिर्या कार्यक्रममा मन्त्री थापालाई सम्मानसमेत गरिएकोे हो ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले गैर आवासीय नेपालीको समस्या समाधानमा पहलकदमी भुमिका निर्वाह गर्ने बताइन् । एनआरएन हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निरञ्जन गुरुङ, नेपाली महाघका अध्यक्ष रिता गुरुङ र महासचिव किसन राईलगायतले भनाइ राखेका थिए ।