डब्लिन आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डको सहयोगमा विदेशी भुमिका दिवंगत भएका नेपालीको सम्झनामा एक दिवसीय ब्याडमिन्टन प्रतियोगीता आयोजना गरिएको छ । एक दिवसीय ब्याडमिन्टन प्रतियोगिता दिवंगत ब्यक्तीहरुको चिरशान्तीको कामनाका साथै स्वस्थ जीवन सम्बन्धी जनचेतना फैलाउने अर्को उद्देश्य पनि रहेको आयोजक देब गुरुङले बताए ।
सो खेलमा पुरुष एकलतर्फ प्रविन केसी प्रथम , बादल थापा दितीय भएका छन् । पुरुष डबल तर्फ प्रविन केसी र बादल थापा प्रथम, मन्दिप थापा र रुपक थापा द्वितीय भएका छन् । त्यस्तै, महिला एकल तर्फ गृष्मा कंडेल प्रथम, सोभना अधिकारी द्वितीय, महिला डबलमा सन्जु गौतम र अनुजा राना प्रथम, सोभना अधिकारी र मैना गुरुङ द्वितीय भएका छन् ।
त्यसैगरि बाल खेलका प्रतिस्पर्धीमा उन्नति गौतम प्रथम, प्रगति गौतम द्वितीय भए । बेजेताहरुलाई शिल तथा प्रमाणपत्र प्रदान गर्दै गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले दिवंगत आत्माको सम्झना सहितका यस्ता खेलहरुले समाजलाई एकतामा बढावा गर्ने आफैमा महत्वपूर्ण काम भएको बताए ।
बिजेताहरुलाई शिल तथा प्रमाणपात्र प्रदान गर्न संघका पुर्ब अध्यक्षहरु गणेश प्रसाई , राजन काफ्ले , सल्लाहकार गंगाराम कंडेल, बिनोद कार्की, महिला संयोजक अन्जु काफ्ले, सोभना अधिकारी , जंग अधिकारी, जेष्ठ नागरिक आदरणीय कृष्ण बहादुर कार्की सहभागि थिए ।
आयोजक प्रकाश श्रेष्ठ , देब गुरुङ, अमृत तामांग ,अभिषेक गुप्ता, बादल थापा, शित्तल के सी, बुद्ध महर्जनले खेल संचालन गरेका थिए ।
आगामी दिनमा समेत यस्तै खेल प्रतियोगिता गर्दै जाने कुरा पदाधिकारीहरु देब गुरुङ, प्रकाश श्रेष्ठले बताएका छन् ।
खेलमा सयौको संख्यामा उपस्थिति रहेको थियो ।








