शेष घले दम्पतीको सम्पत्ति साढे ४ अर्ब थपियो

shesh ghaleकाठमाडौं- गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति यो करिव ४ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ ।

अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले सन् २०१६ को सूची शुक्रबार बिहान प्रकाशन गरेको छ । जसमा घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर सम्पत्तिसहित सूचीको १०५ औं स्थानमा परेका छन् ।

गत बर्ष सूचीको १०० औं स्थानमा परेका घले दम्पत्तिको सम्पत्ति ५२ करोड ८० लाख अष्ट्रेलियन डलर रहेको थियो ।

एमआईटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् ।