काठमाडौं- कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका धादिङको जोगिमाराका चेपाङ मजदुरहरुका आफन्तजनहरुले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उजुरी दर्ता गराएका छन ।
जोगीमारा बाट बिहीबार धादिङ सदरमुकाम पुगेका १४ जना मृतकका परिवारजनले आवश्यक कारबाही लागि तत्कालीन प्रधानमन्त्री देउवा, तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल, तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोटस्थित नेपाली सेनाका गणपतीविरुद्ध उजूरी दर्ता गराएका हुन् ।
द्वन्द्वकालमा अछाम सदरमुकाम मंगलसेन आक्रमणपछि भागेर आएका माओवादी लुकेको आशंकामा सेनाको कारबाहीमा २०५८ फागुन ११ गते ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १७ जना धादिङ जिल्लास्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।






