सिमाङकन ३ महिनाभित्र मिलाउन मोटामोटी सहमति : प्रचण्ड

prachandaपोखरा- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ले संवाद र वार्ताद्धारा मधेस आन्दोलन र थारु आन्दोलनलाई समाधान गर्ने बताएका छन् ।

पोखरामा पत्रकारसँग कुराकानी गदै उनले मुख्य मुद्दा सिमांङकन भएको बताउदै त्यसलाई राजनैतिक संयन्त्र बनाएर ३ महिनाभित्र हल गर्ने कुरामा मोटामोटी सहमति कायम भएको दावी गरेका छन् । उनले यतिबेलाका जल्दा बल्दा प्रश्नहरु मधेस आन्दोलन र नाकाबन्दी हो भएको उल्लेख गदै संशोधन प्रस्ताव भोली पारित भएपछि नाकाबन्दीको समस्या पनि हल हुने जानकारी गराए । उनले नाकाबन्दी मधेश आन्दोलनसँग जोडिने विषय नभएको समेत दावी गरे ।

उनले यतिबेलाको नेपालको आवश्यकता राष्ट्रिय सहमतिको आवश्यकता बताउँदै सरकार गठन गर्दा कांग्रेस समेत सबै पार्टीहरुको राष्ट्रिय सरकार बनाउनमा नै जोड भएको जानकारी दिए । उहाँले संविधान संशोधनका निम्ति पनि राष्ट्रिय सरकार जरुरी भएको उल्लेख गरे ।

अर्को एक प्रसंगमा उनले माओवादी एकताको प्रयासमा लागिपरेको बताए । उनले नयाँ शक्ति शब्द मात्र नयाँ राखिएको हो उल्लेख गदै त्यो भद्दा र पुरानो शक्ति भएको दावी गरे । ‘हामीले बाबुरामजीलाई रोक्न धेरै प्रयास गर्यौ र केन्द्रीय समितिबाटै फर्कन आग्रह गर्यौ तर फर्किनु भएन’उनले भने–‘नयाँ शक्तिको हाम्रो पार्टीमा खास असर परेको छैन । हामी संगठनलाई पुनर्गठन गर्दै नयाँ उत्साहका साथ अगाडि बढेका छौं ।’