काठमाडौं- सरकारले बिहीबार भएको रंगेली घटनाको सत्यतथ्य जानकारी गराउन छानबिन समिति गठन गरेको छ ।
सरकारले बिहीबार रंगेलीमा प्रहरीको गोली लागी ३ जनाको ज्यान गएको घटनाबारे छानविन गर्न एकिकृत माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा भएको प्रमुख राजनैतिक दल सम्मिलित सर्वदलीय बैठकले समिति गठन गरेको हो । बैठकले मोरङ क्षेत्र नम्बर ४ का निर्वाचित सांसद मण्डलको संयोजकत्वमा गठित
समितिमा एमालेका अध्यक्ष महेश रेग्मी र कांग्रेसका सचिव यदु विष्टसहित अन्य दल र संघ संस्थाका प्रतिनिति छन् ।






