चितवन- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले राजनीतिलाई व्यवसाय बनाउन नहुनेमा जोड दिनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनले जिल्लाको नारायणगढमा आयोजना गरेको एक अन्तर्क्रियामा डा भट्टराईले राजनीतिलाई व्यवसाय नबनाई व्यवसाय गरेर राजनीति गर्नुपर्ने सुझाव दिनुभयो । राजनीतिलाई व्यवसाय बनाएका कारण नै भ्रष्टाचार बढेको उहाँको जिकिर थियो ।
“कार्यकर्तालाई विभिन्न ढङ्गले उत्पादन र व्यवसायमा जोड्नुपर्छ, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका डा भट्टराईले भन्नुभयो, राजनीतिलाई नितान्त स्वयम्सेवी सेवा बनाउनुपर्छ ।”
उहाँले आफूले यसलाई कार्यनीति नै बनाएर अभियान अघि बढाइएको जानकारी दिनुभयो । कुनै राजनीतिक नेता दोषी ठहर भए पार्टीले निष्कासित हुने व्यवस्था गर्नसके प्रभावकारी हुने तर्क उहाँको थियो ।






