हिन्दू राष्ट्रको माग छाडिन्नः कमल थापा

Kamal-Thapa-RPPकाठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्म र नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राप्रपा नेपालले छाड्न नसक्ने बताउनुभएको छ ।

राप्रपा नेपालद्वारा आयोजित हिन्दूत्व जागरण बृहत् जनसभालाई वीरगन्जमा सम्बोधन गर्दै उनले भने, ‘सनातन हिन्दू धर्मको सम्वद्र्धन र नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउनका लागि आफ्नो पार्टीले सडक र सदन दुवैलाई सदुपयोग गर्ने नीति लिएको छ ।’

उपप्रधानमन्त्री, परराष्ट्र एवम् सङ्घीय मामला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले अत्यन्तै लोकतान्त्रिक विधि र प्रक्रियाबाट दुई तिहाइ बहुमतका आधारमा संविधान जारी गरेपछि आफ्नो पार्टीले सो संविधानलाई आलोचनात्मक समर्थन गरेको बताउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भएपछि त्यसलाई मान्दैनौँ भन्नु मूर्खता र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुमात्र रहेको बताए ।