अख्तियारले थाल्यो लडाकु छानबिन

काठमाडौं – अख्तियार दुरुपोग अनुसन्धान आयोगले तत्कालीन माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारको छानबिन तीब्र पारेको छ ।

अख्तियारले उक्त भ्रष्टाचारमा मुछिएका माओवादी केन्द्रका नेताहरुलाई ३ दिनभित्र बयानका लागि बोलाइएको जानकारी दिएको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिबारे पुरानो फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णय आएको केही घन्टामै शुक्रबार साँझ पत्रकार सम्मेलन गरी माओवादी सेनाका शिविरको छानबिन तीब्र पारिएको जानकारी दिएको हो ।