बेलायतमा ‘श्रम संस्कृति समाज’को औपचारिक स्थापना, नोभेम्बर १ मा प्रथम महाधिवेशन हुने

भूमिराज राई, लन्डन।

बेलायतमा“श्रम संस्कृति समाज यूके’ (SSS UK) को औपचारिक उद्घाटन तथा प्रथम महाधिवेशन आगामी नोभेम्बर १ तारिख आइतबार हुने भएको छ।

संस्थाको औपचारिक उद्घाटन तथा प्रथम महाधिवेशन बेलायतको अल्डरसटस्थित एम्पायर हल (Empire Hall, Aldershot, GU11 1DJ) मा मध्याह्न १२ बजेदेखि बेलुकी ८ बजेसम्म आयोजना गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २० पाउन्ड प्रवेश तथा प्रायोजन शुल्क निर्धारण गरिएको छ। उक्त शुल्कमा सहभागीहरूका लागि खानाको समेत व्यवस्था गरिएको छ।

महाधिवेशनमार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध विस्तार, श्रमप्रतिको सम्मान, सांस्कृतिक मूल्य–मान्यताको संरक्षण तथा सामुदायिक एकतालाई थप सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले कार्यक्रमस्थलमै वा अनलाइन गुगल फारममार्फत नाम दर्ता गरी टिकट तथा संस्थाको सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न अभियन्ता श्रमदाता सन्तोष राई र कार्यक्रम संयोजक श्रमदाता मनोज पुनको नेतृत्वमा व्यवस्थापन टोली सक्रिय रहेको जनाइएको छ।

संस्थाका संयोजक मनोज पुनले बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालप्रेमी शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी भई ऐतिहासिक प्रथम महाधिवेशन सफल बनाउन हार्दिक आह्वान गरेका छन्।

थप जानकारी तथा सहभागिताका लागि सम्पर्क:

श्रमदाता सन्तोष राई : ०७४९०९३९६९६

संयोजक श्रमदाता मनोज पुन : ०७४९१९३७२८५

Leave a Reply

Your email address will not be published. Required fields are marked *