शिव भण्डारी, लन्डन नेपाल न्यूज।
लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा विदेश विभाग प्रमुख मनीष झा बेलायतस्थित नेपाली समुदायसँग विशेष भेटघाट तथा संवाद कार्यक्रममा सहभागी हुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग–यूकेको आयोजनामा आगामी आइतबार, १ नोभेम्बर २०२६ मा लन्डनमा विशेष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गरिने भएको हो।
रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेका सभापति पवन शर्माले कार्यक्रमबारे लन्डन नेपाल न्यूजलाई जानकारी दिएका हुन्।
कार्यक्रममा सांसद झासँग नेपालको समसामयिक राजनीतिक अवस्था, प्रवासी नेपालीका सरोकार, अपेक्षा तथा राष्ट्र निर्माणमा विदेशमा रहेका नेपालीहरूको भूमिकाबारे प्रत्यक्ष संवाद र विचार आदानप्रदान गरिनेछ।
नेपालको पछिल्लो राजनीतिक अवस्था, प्रवासी नेपालीका अपेक्षा तथा मुलुकको विकास र समृद्धिमा विदेशमा रहेका नेपालीहरूको सम्भावित योगदानलगायतका विषयमा कार्यक्रममा छलफल हुने जनाइएको छ।
सभापति पवन शर्माका अनुसार कार्यक्रम आइतबार बिहान ११ बजेदेखि लन्डनको वुलविचस्थित द वुलविच कलेज (The Woolwich College), दोस्रो तला, इक्विटेबल हाउस, ७ जनरल गोर्डन प्लेस, लन्डन, SE18 6FH मा आयोजना हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग–यूकेले बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सांसद झासँग प्रत्यक्ष संवाद तथा विचार आदानप्रदानमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमले बेलायतस्थित नेपाली समुदाय र नेपालको समसामयिक राजनीतिक नेतृत्वबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
आयोजकले प्रवासी नेपालीका आवाज, सुझाव र सरोकारलाई साझा गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिइएको जनाएको छ।






