लण्डन । कोरोनाभाइरस संक्रमणका केसहरु उल्लेख्य वृद्धि भएको कारण बिहीबार इंग्ल्याण्डका अस्पताल प्रमुखहरूले बेड व्यवस्थापनमा कठिनाई भएको बताएका छन् ।
स्वास्थ्य सेवा प्रदायक निकाय तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।
बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिणपूर्वी इंग्ल्याण्डमा कोभिड संक्रमितको संख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जिवाणु पाइएको बताइएको थियो ।
बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड–१९ संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको छ । ‘यो पहिलो चरणको संक्रमणका समयमा भन्दा बढी हो । इंग्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने, ‘तीव्र वृद्धिले अस्पतालका उपचाररत केही विरामीहरूलाई नर्सिंग होम वा केयर होममा केही थप शैया व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् ।’
क्रिस होपप्सनले बीबीसी रेडियोसँग भने, ’हामीले विगत एक हप्तामा इंग्ल्याण्डमा मात्र पाँच हजार नयाँ विरामीलाई भर्ना गरेका छौँ । यो कोभिड–१९ का विरामीका लागि छुट्ट्याइएका शैयाभन्दा १० गुणा हो । साँच्चै यो निकै चुनौतीको विषय हो ।’
चिकित्सकहरूले कोभिड–१९ को बढ्दो क्रमसँगै संक्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गरेका छन् ।
Photo- Thesun.Co.UK






