आन्दोलनको औँचित्य छैन : निधि

bimalendra nidhiजनकपुरधाम- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नं ३ का सांसद विमलेन्द्र निधिले जनकपुरमा आन्दोलन गर्नुपर्ने औँचित्य समाप्त भएको बताउनुभएको छ ।

नेता निधिले मधेस केन्द्रित दलको प्रमुख मागअनुसार जनकपुर मधेस प्रदेशमै आइसकेकाले मधेस प्रदेशमा आउन नसकेका भूभागका लागि आन्दोलन गर्न मोर्चा पक्षधरलाई सुझाव दिनुभयो । मधेसमा दुई प्रदेशको प्रस्तावमाथि पूर्ण समर्थन रहेको भन्दै उहाँले भन्नुभयो, “सो कुरामा सहमति जुट्न सक्छ ।”

अहिले प्रदेश नं २ का अधिकांश जिल्लामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको र पार्टीको आन्तरिक कारणबाट स्थगित जिल्लामा समेत धमाधम अधिवेशन सम्पन्न भइरहेको उहाँले बताउनुभयो ।