करेन्ट लागेर चार मजदुरको मृत्यु

जनकपुर, २१ चैत । जनकपुर उपमहानगरपालिका–१६ पुलचोकमा करेन्ट लागेर चार जना मजदुरको मृत्यु भएको छ । करेन्ट लागेर धनुषाको बेङशिवपुर–३ का २६ वर्षीय सुनिल दास, २५ वर्षीय मिलन मण्डल, श्याम मुखिया र धनुषा औरहीका ३० वर्षीय अरुण साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानी रहेको ट्यांकीभित्र छिरेर ढलान गरिएका काठहरु निकाल्ने क्रममा अरुण शाहले देखाइरहेको बत्ति पानीमा खसेको थियो ।
पानीमा खसेपछि भित्रका तीनै जना मजदुर करेन्ट प्रवाह भएपछि छटपट्टिएको र अरुण शाह स्वयं बचाउन जांदा उन्लाई पनि करेन्ट लागेको प्रहरीले बताएको छ ।