लण्डन |बेलायत निवासी फेसन डिजाइनर रविचन्द्र लामिछानेले भूकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख नगद सहयोग तथा आठ करोड जिन्सी उपलब्ध गराएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा लामिछानेले पठाएको ५१ लाख १७ हजार ७ सय २७ रुपैया उनकी आमा रुक्मिणा लामिछानेले प्रधानमन्त्री कोइरालालाई आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरेको प्रधानमन्त्री कार्यलयले जनाएको छ।
सहयोग ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले पीडितहरुको लागि आएको रकम हिनामिना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भने,“ रकम हिनामिना गर्नेलाई क्रिमिनल कानून अनुसार कारवाही गरिनेछ।”







