नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट

british college

बेलायतको संस्था चार्टर्ड इन्ष्टिच्युट अफ म्यानेजमेन्ट अकाउन्टेन्स्ले आयोजना गरेको सीमा ग्लोबल विजनेश च्यालेन्जमा नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट भएको छ।

 

प्रतिस्पर्धामा नेपालका १४८ टीम सहभागी थिए। त्यसमध्ये उनीहरुले पेश गरेको रिपोर्टको आधारमा उत्कृष्ट ४ टीम छनौट गरिएको थियो। छानिएका चार टीम मध्ये द व्रिटिश कलेजको ‘टीम डुअर्स’ सर्वोत्कृट भएको हो। व्रिटिश कलेजको तर्फबाट विद्यार्थीहरु कल्पना पन्त, सफलता श्रेष्ठ, एन्जल शर्मा र प्रियंका पुरी सहभागी थिए।

द व्रिटिश कलेजका तर्फबाट सहभागि टीमकी लिडर कल्पना पन्तले प्रतिस्पर्धामा पाएको सफलताले निकै उत्साही बनाएको बताइन्। ‘यो सफलतापछि विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न पाइन्छ भन्ने कुराले झनै उत्साहित भएका छौ। मेहनतको फल प्राप्त गरेका छौ भन्ने लागेको छ,’ उनले भनिन्, ‘विश्वव्यापी प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिएर नेपालको लागि अवार्ड ल्याउने प्रयास गर्नेछौं।’

प्रतियोगितामा आफ्ना विद्यार्थी उत्कृष्ट भएपछि कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कंडेलले यस्तो उत्कृष्ट प्रतिस्पर्धा नेपालमा आयोजना हुनु नेपाली विद्यार्थीको लागि ठूलो अवसर भएको बताए।