च्यारिटीमा जुटे प्लम्स्टेड लण्डनका युवाहरू

 

लण्डन|विभिन्न च्यारिटी तथा कार्यक्रमहरु सम्पन्न गर्ने क्रममा प्लमस्टिडका युवाहरुले एउटा च्यारिटी कार्यक्रम सम्पन्न गरेका छन्। साईजल गुरुङको संयोजकत्वमा यहाँका युवाहरु मिलेर लण्डनको वुलविचस्थित लोटाज क्लबको हलभित्र विभिन्न मनोरञ्जनात्मक गीतहरु प्रस्तुत गरेर च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले विशेष सहयोग गर्नुका साथै युवाहरुको मनोबल बढाउनका लागि अध्यक्ष श्रीचन्द्र गुरुङ तथा समाजका सह–कोषाध्यक्ष ह्यारी गुरुङको विशेष भूमिका रहेको थियो। ३०० जना जति सहभागी रहेको यस कार्यक्रमबाट नेपालका भूकम्पपीडितहरुका लागि लगभग २५ सय पाउण्ड राहत रकम संकलन गर्न सफल भएको कार्यक्रम संयोजक साईजल गुरुङले जानकारी दिए।

 

कार्यक्रममा लगभग ३०० जना युवायुवतीहरु सहभागी थिए। कार्यक्रममा लाईभ ब्याण्डमा दाजुभाई ग्रुप, आरके स्क्वाएर, अभियान, प्रतिक राना तथा प्रतिभा तामाङ आदिले संगीत र आफ्ना गीतहरु गाएर सहभागीहरुलाई विशेष मनोरञ्जन दिएका थिए। त्यस्तै लाईभ ब्याण्डमा गीतहरुको प्रस्तुतीको साथसाथ नृत्यहरु प्रस्तुत गरेका थिए।

 

सिन्स टिम, नभोउ गलेइ घले, एलिजा श्रेष्ठ, खोडे व्याईज तथा प्रमिला मगरको विशेष नृत्य रहेको थियो। च्यारिटीका लागि मनोरञ्जनात्मक कार्यक्रम शुरु गर्नु अघि महाभूकम्पमा दिवंंगत भएकाहरुलाई श्रद्धाञ्जलि स्वरुप एक मिनट मौन धारणा गरेपछि राष्ट्रिय गान तथा द्वीप प्रज्वलनबाट कार्यक्रम शुरु भएको थियो।