कोठाबाटै माइतीले श्रीमती बेपत्ता बनाएपछि…

12674430_10205846553384994_1834284179_nकाठमाडौं- सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी श्रीमती विवाह भएको १८ दिन कोठामा बसेर अचानक कोठाबाट गायब भएपछि प्रहरी जवान रेशम परियार यतिवेला श्रीमती खोज्दै सडकमा हिँडेका छन् ।

तीन वर्षसम्म आपसी प्रेम सम्बन्धपछि गत पुस ४ गते रेशम परियार अर्घाखाँचीकी कमला कुँवरसँग विवाह गरेका थिए । तर विवाह भएको १८ दिन वित्न नपाउँदै केटी पक्षबाट श्रीमतीलाई गायब पारिएको रेशम बताउँछन् । दाङको अम्बीकेश्वरी मन्दिरमा दुबैले राजिखुसी विवाह गरेका थिए । मन्दिरमा विवाह भएपछि रेशम र कमला दुबैले रुकुम गाविसमा विवाह दर्ता समेत गरेको उनी बताउँछन् ।

महेन्द्र पुलिस क्लबमा दरबन्दी भएका कारण रेशम र कमला काठमाडौंमा डेरा गरेर बसिरहेकै बेला माईती पक्ष आएर श्रीमतीलाई गायब बनाएको रेशमको आरोप छ । श्रीमतीका बारेमा कुनै सुराक नपाएपछि प्रहरी जवान रेशम अहिले न्याय खोज्दै हिँडेका ह्न ।

उनले राष्ट्रिय मानव अधिकार आयोग,माइती नेपाल, राष्ट्रिय दलित आयोग र महानगरीय प्रहरी वृत सिहंदबारमा श्रीमतीको खोजतलास गरी पाउँ भन्दै उजुरी दर्ता समेत गरेका छन् ।

बुढागाउँ ३ लिङदुग रोल्पा रेशम परियारको घर हो । साढे तीनवर्ष अघि उनको सम्बन्ध अर्घाखाँची अर्घा ५ बिहाराकी कमला कुवँरसँग भयो । सुरुमा सामान्य कुराकानीसँगै एक अर्कालाई माया गर्न थालेका उनीहरुले आपसी सहमतिमा विवाह गर्ने निर्णय गरे । यतिमात्रै नभएर कानुनीरुपमा समेत उनीहरुले विवाह दर्ता गरे ।

“विवाह भएको भोलीपल्टै श्रीमतीलाई घर लगेर गएँ ।” रेशम भन्छन् । “बुहारी लिएर घर जाँदा बाआमासमेत खुसी भए ।” रेशमले बताए । “एक अर्कामा माया र विश्वासको कुरा थियो, जातको त कुरै थिएन ।” श्रीमतीकै पहलमा विवाह दर्ता गर्न पुस ६ गते गाविसमा गएको पनि उनले बताए ।

सबै प्रमाण भएकै कारण गाविस सचिवले उनीहरुको विवाह दर्ताको प्रमाणपत्र समेत दिए । तर काठमाडौ आएको १० दिन नबित्दै रेशमको श्रीमती फिल्मी शैलीमा कोठाबाटै ग्ाायब बनाइ माइत पुर्‍याएको उनको भनाई छ । रेशमका अनुसार, तल्लो जातको केटासँग बिहे गरेको भन्दै कोठामा नै आएर कमलाकै दिदी मीना कुवँर र उनको श्रीमान ज्योति कुवँरले कमलालाई लिएर गए । “त्यसपछि श्रीमतीसँग सम्पर्क छैन । उनी कहाँ छिन्, के गर्दैछिन्, अत्तोपत्तो छैन ।” माईती परिवारले सम्पर्क गर्न नदिएको बताउँछन् रेशम ।

12650761_10205846553625000_1844326302_nरेशमलाई साढे ३ वर्ष एक अर्कालाई बुझेर विवाह गरेपछि जातकै आधारमा श्रीमतीले छोडेर जाने कुरामा विश्वास छैन । “माईतीले उनलाई मानसिकरुपमा धम्क्याएको हुनुपर्छ । होइन भने मलाई किन सम्पर्क गर्न दिईंदैन ।” मानवाधिकार आयोगमा उजुरी दिँदै रेशमले भने । “उनको दिदी र भिनाजु कोठामा आएका थिए, त्यसपछि म ड्यूटीमा गएको मौका पारी उनलाई लगेर गए ।”

आफुले बहिनीलाई लिएर गएको कमलाकी दिदि मीनाले स्वीकार्य गरछिन् । दलित अनलाइन डटकमलले मीनसँग पटक पटक सम्पर्क गर्दा बल्ल्ातल्ल सम्पर्कमा आइकी मीनाले गविास सचिवले पैसा लिएर विवाह दर्ता गरेको आरोप लगाइकी छिन् । ‘मैले बहिनीलाई घरमा ल्याएर आएकी छु , गाविस सचिवले पैसा लिएर विवाद दर्ता भएको हो ,’उनले भनिन् ।

स्नातकोत्तर तहमा अध्ययनरत कमलाले बिहा दर्ता गर्नेबेलासम्म जात, थर नपाएको भन्ने थिएन । “म दलित हो भन्ने उनलाई थाहा थियो । तर परिवारले यो पचाएन र उनलाई गायब पारे ।” उनले बताए ।