शरद रेग्मी
दाङ- वाचन पण्डित दिनबन्धु पोखेलले धर्म निरपेक्ष राष्ट्र घोषणाले मुलुकको परिचय गुमेको बताएका छन् ।
रिपोटर्स क्लव नेपाल दाङ शाखाले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
ने पोखरेलले २०६२/०६३को जनआन्दोलनको मर्म धर्मका वारेमा नभएको तर त्यसको मर्म विपरित मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र गराउने गल्ति नेताहरुले गरेको आरोप लगाए । उनले नेताहरु कतिपय दलका नेताहरु विदेशको इशारामा चलेकोले उनीहरुकै अकर्मन्यताले आज समाजमा विखण्डन र विभेदीकरण बढेको बताएका छन् । उनले भने, ‘नेपाल विश्व सभ्यताको उद्गम स्थल हो, तनहुँमा वेदको जन्म भएको हो, यस्तो स्थानलाई धार्मिक पर्यटनको केन्द्र वनाउन सके पाँच वर्षमै मुलुक सम्वृद्धिको मार्गमा लम्किने छ ।’
बेद एउटा विश्व सभ्यताको जननी भएको चर्चा गरेका उनले नेपालबाट डोटीबाट योगको जम्न भएकोले भारतमा रामदेवले योग जन्माए भन्नु सरासर झुट भएको बताए ।
उनले बुद्ध जन्मस्थल, मानव सभ्यताको जन्मस्थल नेपालले एक पटक फेरि विश्वसभ्यताको शुरु नेपालवाटै गर्नु पर्ने वताए । उनले आफूले ‘आधुनिक भौतिक तत्ववाद’ समेटेर पुस्तक तयार पारिरहेको जानकारी दिएका वाचन पण्डित पोखरेलले त्यसमा अध्यात्मवाद र भौतिकबादलाई समायोजन गरिएको उल्लेख गरे ।







