लण्डन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन्। गए राति कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट आजदेखि यहाँ हुन लागेको तीन दिने ‘पार्टनरसिप फर अ हेल्दी सिटी समिट’ मा भाग लिन मेयर लण्डन आएका हुन् ।
मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि भ्रमणमा छन्। उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन्।
मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।






