केसीले गरे उम्मेदवारी घोषणा

arjun narasingha kcकाठमाडौं- कांग्रेस नेता अर्जुननरसिंह केसीले आसन्न १३औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मदेवारी घोषणा गर्नुभएको छ ।

काठमाडौंमा मंगलबार भएको साक्षात्कार कार्यक्रममा नेता केसीले आफ्नो उम्मेदवारी वरिष्ठ नेता शेरबहादुर देउवाको समूहबाट हुने जानकारी दिँदै आफूले १८ वर्षसम्म संस्थापन समूहबाट न्याय नपाएपछि फरक समूहमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “महामन्त्रीमा अरू जोसुकै मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन, यो अन्तिम निर्णय हो ।” देउवा समूहको औपचारिक घोषणा बुधबार हुने जनाइएको छ ।

उहाँले कांग्रेसमा व्याप्त विरासतको राजनीति, एकाधिकार र सानो झुन्डको हालिमुहाली तोड्न आफूले देउवा समूहबाट उम्मेदवारी दिन लागेको तर्क गर्दै संस्थापन पक्षका नाममा दुई÷चारजनाले सिङ्गो पार्टी कब्जा गर्न खोजेको आरोप लगाउनुभयो ।